Logo

Banner-news

वित्त आयोगः पहिलो गाँसमै झिँगा ?


GDP Nepal
   १४ बैशाख २०७६, शनिबार


काठमाडौं । लामो समयदेखिको प्रतीक्षा र अन्योल चिर्दै हालैमात्र गठन भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पहिलो इनिङ नै अपेक्षाकृत हुन सकेन । आयोगले पूर्णता पाएसँगै संघीय सरकारको हालीमुहाली रोकिनेमा आशावादी रहेका प्रदेश र स्थानीय तह निराश बन्न थालेका छन् ।

आयोगको अधिकार अझै पनि अर्थ मन्त्रालयले गरिरहेको छ र दुर्भाग्यवसः संविधानमै आयोगले गर्ने भनेर उल्लेख भएको काम पनि सरकार आफ्नो भनिरहेको छ ।

प्रदेश र स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदानको हिस्सा संविधानतः वित्त आयोगले तयार गर्नुपर्ने हो । तर, अर्थ मन्त्रालयले तय गरेको बजेटको सिलिङको आधारमा वित्त आयोगले न्यूनतम र सूत्रमा आधारित रकमका आधारमा तयार गरेको छ ।

आयोगको प्रशासकीय संरचना अघिल्लो सरकारले नै तयार गरे पनि दुईतिहाइ बहुमतको नयाँ सरकारले एक वर्षसम्म गठन नगरेर सकेसम्म छल्न खोजेको थियो । आयोगमा आफू अनुकलका मान्छे ल्याएर प्रभावकारी बन्न नदिन वा आफ्नो रबर स्ट्याम्पमात्र बनाउन सरकार लागिरहेको देखिन्छ ।

आयोग अध्यक्ष वालानन्द पौडेल

नेपालका सरकारका पूर्वसचिव तथा स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्षसमेत रहेका बालानन्द पौडेलले स्थानीय तह वाँडफाँडमै तत्कालीन नेकपा एमालेलाई अनुकुल हुनेगरी बाँडफाँड गरेको अहिले सत्तामै रहेको तत्कालीन माओवादीले लगाएको थियो ।
आयोगलाई सरकारले चलाउने हो भने कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने भन्ने प्रश्न खडा भएको जानकारहरु बताउँछन् ।
आयोगले सबै प्रदेश र स्थानीय तहका लागि आवश्यक खर्च, त्यसका लागि सम्भावित राजस्व र त्यसका लागि अपुग रकम संघीय सरकारलाई अनुदानका लागि बाँडफाँडका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
आयोगलाई संविधान र कानुनबमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड गर्ने र विस्तृत आधार र ढाँचा निर्धारण गर्ने अधिकार दिइएको छ भने संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान पनि यही आयोगको सिफारिसबमोजिम हुने संविधानमै उल्लेख छ ।
आयोगले राष्ट्रिय नीति तथा कार्यक्रम, मानक, पूर्वाधारको अवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने ससर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने र प्रदेश सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड गर्ने विस्तृत आधार र ढाँचा पनि निर्धारण गर्नेछ । साथै, संघ र प्रदेश सरकारको राजस्व बाँडफाँड आधारको पुनरावलोकन गरी परिमार्जनको सिफारिस गर्ने काम पनि यही आयोगको हो ।

प्रकाशित : १४ बैशाख २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह