Logo

मुख्य समाचार

कुलमान भन्छन्ः लोडसेडिङ हुँदा रमाउने जमातले हल्ला फैलाए


gdpnepal
   ५ पुस २०८१, शुक्रबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा रमाउने जमातले हल्ला फैलाएको दावी गरेका छन् । देशमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको उल्लेख गर्दै नेपाल पूर्वाधार पत्रकार समाजको कार्यक्रममा उनले लोडसेडिङ हुँदा रमाउने जमात भएको बताए ।

उक्त जमातले नै लोडसेडिङको हल्ला फैल्याएको उनको आरोप छ । उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको बताए । माथिल्लो तामाकोसी र कालीगण्डकी बन्ने बित्तिकै लोडसेडिङको समस्या समाधान हुने उनको भनाइ छ ।

“नेपालयको पूर्वाधार क्षेत्रमा ठूलाठूला विकासका परियोजनाहरूको काम भइरहेको छ । बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठूलो पूर्वाधारको विकासको आधार हो । नेपालको विद्युत् क्षेत्रको ठूलो विकास हुनेछ,” उनले भने, “यसका लागि ठूलो लगानी आवश्यक छ । ठूला परियोजनहरूका लागि वैदेशिक लगानी चहिन्छ ।”

लोडसेडिङले उद्योगीहरूको प्रोडक्टिभिटीमा कमी आएको कुरा आएको भन्दै उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरू धेरै भएको बताए । जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युत्को रकम व्यवसायीहरूले दिनुको विकल्प नरहेको उनको भनाइ छ ।

प्रकाशित : ५ पुस २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह