काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १४.११ अंकले बढेर दुई हजार ६२६.३१ विन्दुमा पुगेको छ ।
बैंकिङ १०, विकास बैंक ९५, फाइनान्स ५०, होटल तथा पर्यटन ६०, हाइड्रोपावर २५, निर्जीवन बीमा ७०, अन्य ९, जीवन बीमा ३५ र माइक्रोफाइनान्स उपसमूह ४६ अंकले बढेको छ ।
त्यस्तै, आज उत्पादन १६२ र ब्यापार उपसमूह २ं० अंकले घटेको छ । आज आत्मनिर्भर लघुवित्त, गुँरास लघुवित्त र सामुदायीक लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सर्पोट माइक्रोफाइनान्सको सेयर भने १० प्रतिशतले घटेको छ ।
यस दिन ३१२ कम्पनीको एक करोड २७ लाख कित्ता सेयर ५ अर्ब २० करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया