सर्वोत्तम सिमेन्टले आयोजना प्रभावित स्थानीयलाई जारी गरेको आइपीओ बाँडफाँट भएको छ ।
आइपीओमा १ हजार २२४ जना स्थानीय बासिन्दाले कुल २ लाख ४८ हजार ५०३ कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये रीतपूर्वक आवेदन दिएका आवेदकहरुमा २ लाख ४८ हजार ४७० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
कम्पनीले पुस २५ गतेदेखि माघ २५ गतेसम्म नवलपरासी जिल्लाका स्थानीय बासिन्दाका लागि कुल ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
यसआधारमा स्थानीयलाई जारी गरेको सेयरमध्ये ६ लाख ८१ हजार ५३० कित्ता सेयर बिक्री भएको छैन । स्थानीयले खरिद नगरेको उक्त सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
प्रतिक्रिया