Logo

बैंक / बिमा /शेयर

नेपाल-भारत भुक्तानी प्रणाली विकास गर्न द्विपक्षीय नियामकीय संयन्त्र स्थापना हुने


gdpnepal
   ३ फाल्गुन २०८०, बिहिबार


काठमाडौं । नेपाल र भारतबीच भुक्तानी प्रणाली विकास गर्न द्विपक्षीय नियामकीय संयन्त्र स्थापना हुने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने उद्देश्यले यस्तो नियामकीय संयन्त्र स्थापना हुने भएको हो ।

भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआइ) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)बीच बिहीबार यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह