Logo

बैंक / बिमा /शेयर

बैंकिङ क्षेत्रमा बाहिर हल्ला गरिए जस्तो समस्या छैन: गभर्नर अधिकारी


GDP नेपाल
   १४ फाल्गुन २०८०, सोमबार


नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा बाहिर हल्ला गरिए जस्तो समस्या नभएको बताएका छन् ।

नेपाल बैंकर्स संघद्वारा सोमबार राजधानीमा आयोजीत एक कार्यक्रमकाबीच गभर्नर अधिकारीले बैंकिङ क्षेत्र सबल र बलियो रहेका कारण बाहिर हल्ला गरिय जस्तो समस्यामा नभएको बताएका हुन् ।

‘हाम्रो बैंकिङ क्षेत्र फेल हुने अवस्थामा छैनन्,’ उनले भने,’यदी भए भने पनि हामीले बचत सुरक्षा गर्ने र व्यवस्थित रूपमा खारेजीमा लैजाने व्यवस्था गरेका छौं।’

यस्तै, पछिल्लो समय केही समूह नियोजीत रुपमा कुनै बैंकलाई फेल गराउन लागि परेको जस्तो देखिएको अधिकारीले बताए ।

‘केही समूह कुनै बैंकको पछि लागेर फेल गराउँदा सफल नै भइन्छ कि भनेर लागेको जस्तो देखिएको छ । उनले भने ‘केही बैंकले पनि त्यस्तो सोचेको हो कि जस्तो देखिन्छ । बैंक फेल हुनसक्छ, कैयौँ देशमा भएको छ, तर त्यहाको लिक्विडेसन प्रोसेस र बीमा अलि फरक छ ।’

यस्तै, कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिलेको अप्ठ्यारो पस्थितिमा सरकारले बैंक तथा वित्तिय क्षेत्रलाई सहयोग नगरेको गुनासो गरे । उनले बैंक तथा वित्तिय संस्थाविरुद्ध विभिन्न व्यक्ति तथा संस्थाले अनावश्यक भ्रम फैलाइरहेको अवस्थामा पनि सरकार मौन रहेको बताए ।

पछिल्लो समय केही समूहले राखेका ऋण नतिर्नेलगाएतका मागहरुले गर्दा बैंक तथा वित्तिय संस्था समस्यामा परेको जनाउँदै केसीले सो विषयमा समयमै सजग हुन सरकारलाई आग्रह समेत गरे ।

केही समययता बैंकिंङ क्षेत्र सबल र बलियो रहेको बताउँदै उनले भने ‘बैंकहरु डुब्न लागे भन्ने हल्ला चलेको छ । तर, यसमा कुनै सत्यता छैन । हामी सबल र बलियो अवस्थामा छौ । डराउनु पर्देन ।’

केसीले हालको तथ्यांक अनुसार रेमिट्यान्स बढेको र विदेशी मुद्रा सञ्चिति समेत १३ अर्बर डलर भन्दा माथि रहेको उल्लेख गरे ।

उनले बैंकिङ क्षेत्रले सरकारी करमा समेत महत्वपूर्ण योगदान दिँदै आएको जनाउँदै भने,’ गत वर्ष यस क्षेत्रले सरकारलाई ३२ अर्ब कर बुझाएको छ । करमा समेत हामीले महत्वपूर्ण योगदान दिँदै आएको छौ ।’

यसका साथै बैंकहरुले ब्यादजरलाई समेत ग्राहकमैत्री बनाउँदै लगेको जनाउँदै केसीले समग्रमा बैंकिङ क्षेत्रमा बाह्य पक्षले देखाए जस्तो समस्या नभएको उल्लेख गरे ।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह