काठमाडौं । मुलुकमा पर्यटकीय सिजन सुरु भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक पनि बढेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा ९७ हजार ४२६ पर्यटक भित्रिएका छन्।
बोर्डका अनुसार वर्षको पहिलो महिना जनवरीमा भने ७९ हजार १०० पर्यटक मात्र नेपाल भित्रिएका थिए। यस्तै, अघिल्लो वर्षको फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक आएका थिए।
यद्यपि, सन् २०१९ को फेब्रुअरीको रेकर्ड भने तोडिएको छैन । सो वर्ष १ लाख २ हजार पर्यटक भित्रिएका थिए।
नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार ५७८ पर्यटक आएका छन्। चीनबाट नौ हजार १८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार ७९९, बेलायतबाट चार हजार ५७१, बंगलादेशबाट चार हजार ९९, श्रीलंकाबाट तीन हजार ६८४ जना भित्रिएका छन्।










प्रतिक्रिया