Logo

बैंक / बिमा /शेयर

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   २१ फाल्गुन २०८०, सोमबार


प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर नियामक नेपाल बिमा समिति र प्रभुको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

कम्पनीले हाल कायम १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस सेयर घोषणा गरेको हो । प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ बढी पुग्नेछ ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह