Logo

बैंक / बिमा /शेयर

तेस्रो सर्किट ब्रेक लागेसँगै आजलाई सेयर कारोबार बन्द


GDP नेपाल
   २१ फाल्गुन २०८०, सोमबार


काठमाडौं । सेयर बजारमा तेस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेसँगै आजका लागि कारोबार बन्द भएको छ । सेयर बजार परिसूचक नेप्से ११७.७० अंकले बढेर २०७८.०० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.०० प्रतिशत पुगेको छ ।

आज म्युचअल फण्डबाहेक सबै उपसमूहका सूचक बढेका छन् । बजार खुलेको ३ मिनेटमै ४ प्रतिशतले बढेको कारोबारमा यसअघि दुई पटक सकारात्मक सर्किट लागेको थियो ।

रिडि पावर, शिवश्री हाइड्रो, राप्ती हाइड्रो, मेन्छीयम हाइड्रो रिलायबल लाइफ इन्स्योरेन्स, बाराही हाइड्रो, जोशी हाइड्रोपावर,अरुणभ्याली हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर लगायतका कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह