नेरुडे र मिर्मिरे लघुवित्तबीच फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।
दुवै कम्पनीबीच ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । एकीकृत कारोबारका लाग नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेको छ । यस्तै, धितोपत्र बोर्डले पनि कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिएको हो ।
दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ ।
प्रतिक्रिया