आजबाट सामुदायिक र बीपीडब्लु लघुवित्तबीच एकीकृत कारोबार सुरु भएको छ । दुवै संस्थाबीच सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको हो । दुई संस्थाबीच एकीकृत कारोबार सुरु भएसँगै आजदेखि १५ दिनसम्म कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।
‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का भएको हो ।
दुवै कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ ।
प्रतिक्रिया