Logo

बैंक / बिमा /शेयर

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट


GDP नेपाल
   २५ फाल्गुन २०८०, शुक्रबार


सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई जारी गरेको आइपीओ बाँडफाँट भएको हो ।

गोलाप्रथामार्फत भएको बाँडफाँटमा ५५ हजार ५२१ जनाले सेयर हात पारेका छन् । जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् ।

सर्वोत्तमको आइपीओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ३४२ जनाकोे आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ । सर्वोत्तमले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री गरेको थियो ।

लगानीकर्ताले सर्वोत्तम सिमेन्टको वेबसाइट र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि नतिजा हेर्न सक्छन् ।

प्रकाशित : २५ फाल्गुन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह