Logo

बैंक / बिमा /शेयर

ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा


GDP नेपाल
   २७ फाल्गुन २०८०, आइतबार


ग्रीन डेभलपमेन्ट बैंकले साधारण सभा बोलाएको छ । बैंकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको हो । सभा चैत २७ गते मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा सेयरधनीहरुलाई ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ ।

यससँगै सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज हुनेछ । तसर्थ, चैत ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह