फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ ।
आवेदकहरुले न्यूनतम भाउ वा सोभन्दा बढी मूल्य कबोल गरी बिक्री प्रबन्धक मुक्तिानाथ क्यापिटल, नारायणचौर, नक्साल काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । यसमा चैत १२ गतेसम्म आवेदन दिन सकिने छ ।
प्रतिक्रिया