Logo

बैंक / बिमा /शेयर

अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?


GDP नेपाल
   ३० फाल्गुन २०८०, बुधबार


वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।

चैतका लागि ग्लोबल आइएमई बैंक र प्रभु बैंकले भने फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ। एनआइसी एसिया बैंकले चैतका लागि व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर ८.५४८ प्रतिशत पुर्याएको छ भने संस्थागत मुद्दति निक्षेपमा ७.५४ प्रतिशत पुर्याएको छ ।

प्रभु बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम बैंकको मुद्दती निक्षेपमा व्यक्तिगतमा ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण भएको छ । कृषि विकास बैंकको संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत, कुमारी बैंकको व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत, नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ७.०१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत र एनएमबि बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, नेपाल बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगतमा ७.५ प्रतिशत र संस्थागतमा ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने भएका छन् । नबिल बैंकले व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, एभरेष्ट बैंकले व्यक्तिगततर्फ र ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत र सिटिजन्स बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह