Logo

बैंक / बिमा /शेयर

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने


GDP नेपाल
   १ चैत्र २०८०, बिहिबार


नबिल बैंकले ५ अर्ब रुपियाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ ।

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता अर्थात ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार शेयर निष्काशन गर्ने जानकारी गराएको छ । राष्ट्र बैंकको स्वीकृति पाएमा मुनाफा भएको वर्ष मात्र लाभांश वितरण गर्ने र शेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर प्राइभेट प्लेसमेन्ट गरी बिक्री गर्ने नबिलले जनाएको छ ।

यता, सञ्चालक समितिले नियमनकारी निकायहरुको स्वीकृति लिएर ८ वर्ष अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ पनि जारी गर्ने निर्णय गरेको छ ।

प्रकाशित : १ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह