Logo

बैंक / बिमा /शेयर

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारणसभा


GDP नेपाल
   १ चैत्र २०८०, बिहिबार


साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चैत २३ गते ५७ औँ वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी साधारणसभाबाट पारित गरि कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ४ करोड १८ लाख ३२ हजार ६४६ रुपैयाँ बराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०।७९ प्रतिशतले हुन आउने २२ लाख ३९७ रुपैयाँ नगद लाभांश गरि कुल १५।७९ प्रतिशत लाभांशका रुपमा बाँड्न लागेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत ९ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत ८ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : १ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह