Logo

घुमफिर

कालीकोटमा स्की तालिम (फोटोफिचर)


gdpnepal
   १ चैत्र २०८०, बिहिबार


नेपाल पर्यटन बोर्डको आयोजना र कर्णाली खेलकुद परिषद्‌को सहआयोजनामा फाल्गुन २८ गतेदेखि कर्णाली प्रदेश कालीकोट जिल्लाको त्रिबेनी पाटन छेतडीमा आधारभूत स्की तालिम सुरु भएको छ ।

तालिममा २५ जना प्रशिक्षार्थी, नेपाल माउण्टेन एकेडेमीका तीन जना प्रशिक्षक, स्थानीय पर्यटन ब्यवसायीहरु सम्मिलित छन् । तालिम चैत ५ मा सम्पन्न हुनेछ ।

त्रिवेणी पाटन क्षेत्र स्कीका लागि प्रचूर सम्भावना भए‌को क्षेत्र हो। स्कीका लागि वर्षभरी कम्ति‌मा १०० दिन हिउँ र ३० सेमी हिउँ पर्ने यश क्षेत्र साहसिक पर्यटनका अनि स्कीको सम्भावनालाई उजागर गर्न यस तालिमको आयोजना गरिएको हो।

उद्‌घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रवन्धक विमल कँडेलले स्की साहसिक पर्यटनका लागि मात्र नभई नेपालको हिमाली भूभागमा विपद्‌का समयमा उद्‌धार‌का लागि पनि प्रयोग हुने भएकाले स्थानीयको सहभागितामा यस तालिम आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित : १ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह