काठमाडौँ । सुनको तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगले इलेक्ट्रिक चुरोट ‘भेप’मार्फत् भएको सुन तस्करीमा महराको संलग्नता देखिएको भन्दै महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो।
६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।
यस्तै, आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको र प्रमाण लुकाउने भीआईपीहरुलाई बचाउन सहयोगी भूमिका निर्वाह गरेको निष्कर्ष समेत निकालेको छ ।










प्रतिक्रिया