Logo

कृषि / सहकारी

दुग्ध किसानलाई बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन अर्थमन्त्री पुनको निर्देशन


GDP नेपाल
   २ चैत्र २०८०, शुक्रबार


अर्थ मन्त्रलयले दुग्ध किसानलाई बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सचिव डा.रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।

त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा। गोविन्द्रप्रसाद शर्मा र पशुपंक्षी विकास सचिव डा। रेवतीरमण पौडेलसँग छलफल गरेका थिए।

‘देशभरका हजारौं किसान भुक्तानी नपाएर तड्किएको अवस्था रहेछ। राज्य जनताको अभिभावक भएकाले किसानका पीडा हेरेर बस्न सक्दैन। विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ’, पुनले भने।

पुनले राज्यले बहानाबाजी गरेर किसान, निर्माण व्यवसायी लगायतको भुक्तानी रोक्न नमिल्ने स्पष्ट गरे। जनतालाई डेलीभरीको महसुस गराउनकै लागि आफ्नो कुर्सी सुरक्षित हुँदाहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासमीकरण बदलेको उल्लेख गर्दै पुनले ‘केही गरौं’ भन्ने प्रधानमन्त्रीको हुटहुटीलाई बुझेर आफूले काम थालिसकेको बताए।

उनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो। चालु आर्थिक वर्षमा ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कूल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ।

मन्त्री पुनले बजेट समर्पणका लागि शुक्रबारै पत्राचार गर्न कृषीमन्त्री र सचिवहरुलाई भनेका छन्। मन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने सचिव डा. घिमिरले जानकारी दिए।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह