काठमाडौं । अभिनेत्री केकी अधिकारी सौन्दर्य प्रशोधनको सामग्री उत्पादक कम्पनी ट्रमी र ट्रडर्माको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । गत बिहीबार अभिनेत्री अधिकारी र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि अभिनेत्री अधिकारीले ट्रमी र ट्रडर्माका सामग्री गुणस्तरीय रहेको बताइन् । उनले अमेरिकी प्रविधिबाट उत्पादित ट्रमीका विभिन्न उत्पादनहरु समेत प्रभावकारी भएको दाबी गरिन् ।
कम्पनीका अध्यक्ष मुरारकाले केकीजस्तो प्रतिभाशाली अभिनेत्रीलाई आफ्नो उत्पादनको एम्बेस्डर बनाउन पाएकोमा उत्साहित भएको बताए ।
ट्रमी र ट्रडर्माले नेपाली बजारमा १७ प्रकारका हेयरकेयरका सामग्री उपलब्ध गराउँदै आएको छ । यसका साथै छालाको हेरचाह तथा सौन्दर्य सम्बन्धी सामग्री पनि नेपाली बजारमा लोकप्रिय बन्दै आएको कम्पनीको भनाइ छ । ट्रमीका हेयरकेयर र स्कीन केयरका सामग्री सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेको कम्पनीले उल्लेख गरेको छ ।
प्रतिक्रिया