Logo

बैंक / बिमा /शेयर

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न


GDP नेपाल
   ५ चैत्र २०८०, सोमबार


क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको रजिष्ट्रर्ड कार्यालय सुर्खेतमा सम्पन्न यस सभाले संचालक समितिका अध्यक्ष ऋषिराज मोरले पेश गरेको कम्पनीको वार्षिक प्रतिवेदन पारीत गरेको छ ।

सभाले सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, सभामा संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको संचालक पदमा र्निविरोध निर्वाचित भएका छन् । साथै यस अघि नै स्वतन्त्र संचालकमा पवित्र लाल चुके नियुक्त भइसकेका छन् ।

सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/०८१ को लागि बाह्य लेखापरिक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

 

 

प्रकाशित : ५ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह