केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि ले नयाँ वर्षको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ ।
नेपालमा १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु बिक्रीवितरण गर्दै आएको केटिएम इन्टरनेशनल नयाँ वर्षको अवसरमा बेनेली बाइक खरिद गर्ने ग्राहकका लागि विषेश फाईनान्स योजना ल्याएको हो ।
यस योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० प्रतिशत ब्यजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ । साथै अन्य मोडलका बाईकहरुमा विशेष छुटको व्यवस्था मिलाइएको छ भने कम्पनीका अनुसार केही मोडलका बाइकहरुमा १५ हजार देखी एक लाख सम्मको छुट समेत दिइने छ ।
प्रतिक्रिया