Logo

बिजनेस होम

फागु पर्वका अवसरमा एयरपोर्ट होटलमा रैथाने खाना महोत्सव


gdpnepal
   ८ चैत्र २०८०, बिहिबार


काठमाडौं । फागु पूर्णिमा पर्वका अवसरमा काठमाडौंको एयरपोर्ट होटलले रैथाने फुड फेस्टिभल आयोजना गर्ने भएको छ ।

होटलले नेपाली संस्कृतिको संरक्षण र संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने रैथाने खाना महोत्सव आयोजना गर्न लागेको हो ।

होटलका प्रवन्ध निर्देशक विनायक शाहका अनुसार महोत्सवमा नेपाली र विदेशी दुवैखाले अतिथिको उल्लेख्य सहभागिता रहने अनुमान गरिएको छ ।

प्रतिव्यक्ति १ हजार ७९९ रुपैयाँको प्याकेजमा ग्राहकले आफूलाई मनपर्ने खाद्य तथा पेय पदार्थ उपभोग गर्न पाउनेछन् ।

शुक्रबारबाट तीन दिनसम्म सञ्चालन हुने मेलामा मास्टर सेफ गोविन्द नरसिंह खत्रीद्वारा तयार पारिएको मटन बिरयानीका साथै दाल, भात, साग, कुखुराको मासु, माछालगायतका परिकार उपलब्ध हुनेछन् ।

बिहीबार आयोजित कार्यक्रममा होटल संघका अध्यक्षसमेत रहेका शाहले मास्टर सेफ खत्रीलाई सम्मान गरेका थिए ।

प्रकाशित : ८ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह