Logo

बिजनेस होम

विशाल भण्डारीको दुर्घटना विवादपछि ‘कमेडी च्याम्पियन’ संकटमा


gdpnepal
   १५ चैत्र २०८०, बिहिबार


काठमाडौं । निर्देशक विशाल भण्डारीसहित केही प्रतियोगी दुर्घटनामा परेपछि रियालिटी शो ‘कमेडी च्याम्पियन:सिजन थ्री’को नयाँ एपिसोड सुटिङ हुन सकेको छैन ।

बिहीबार पुरानै कार्यक्रमलाई काँटछाँट गरी प्रशारण गरिएको छ । शुक्रबार पनि नयाँ एपिसोड प्रशारणको सम्भावना नरहेको बताइएको छ ।

गत साता नगरकोटबाट फर्कने क्रममा विशालले चलाएको गाडी दुर्घटनामा परेको थियो ।

भण्डारीसहित ६ जना चढेको कार भक्तपुरको जगातिमा दुर्घटनाग्रस्त हुँदा प्रतियोगी सुशान्त बस्याल गम्भीर घाइते भएका छन् ।

गाडीमा सवार पवन भट्टराई र रजनिश अर्याल डिस्चार्ज भएका छन् भने प्रकृती गिरी अस्पतालमै छिन् ।

भण्डारीमाथि मापसे गरेर गाडी चलाएको आरोप छ । उनी दुई दिन प्रहरी हिरासतमा बसेर हाजिरी जमानतमा छुटेका हुन् ।

कमेडी च्याम्पियनका जज प्रदीप भट्टराईसमेत पछिल्ला कार्यक्रममा अनुपस्थित हुँदा रियालिटी शो भद्रगोल बनेको छ ।

कार्यक्रममा उनी बिरामी भएको बताइए पनि भट्टराई आफ्नो फिल्म महाजात्राको प्रमोशनमा व्यस्त छन् ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह