Logo

बिजनेस होम

नयाँ वर्षमा सामसङको विशेष छुट अफर, टिभी खरिदमा ३८ प्रतिशत छुट


GDP नेपाल
   २३ चैत्र २०८०, शुक्रबार


नयाँ वर्षको अवसरमा सामसङले “स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैलाई” अफर ल्याएको छ ।

सो अफर अन्तर्गत ग्राहकहरूले, आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशत र फ्रिज तथा वाशिङ मेसिनको खरिदमा ३० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट समेत ग्राहकले सामसङ टिभी, फ्रिज र वाशिङ मेसिन खरिद गर्न सकनेछन् । यो विशेष छुट अफर जेठ २ गतेसम्म लागू हुनेछ ।

कम्पनीका अनुसार ग्राहकहरूलाई टिभीको नयाँ रेन्ज मध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८ प्रतिशत सम्मको छुट पाउनेछन् । ग्रहाकले आफ्नो नागरिकता पेस गरी ५५ वा त्यो भन्दा ठुलो टिभी खरिद गर्दा इनस्टान्ट लोन समेत पाउनेछन् । इनस्टा फाइनान्स सेवा मार्फत ईएमआइ १८ महिनाको अवधिमा तिर्नुपर्ने छ भन ४३”वा सो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन्।

यसको साथै कुनै पनि सामसङ टिभीको खरिदमा साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुटको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ । सामसङको ७५” भन्दा ठुलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् भने ए.यु.७७०० मोडलका ५५“ र ६५“ युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८÷१२८) मोबाइल फोन मा रु. ५०००को छुट पाउनु सक्नेछन् ।

त्यस्तै, नयाँ वाशिङ मेसिन वा फ्रिज खरिद गर्दा सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा क्यासब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको छ ।

सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरुले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्ने छन् । यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टोर डट कममार्फत अनलाइनमा लिन सकिन्छ । यसका साथै ग्राहकहरूले अर्कोस्टोर डट कम मार्फत ५५“ र ६५“ ए.यु.७७०० क्रिस्टल् टिभी अनलाइन एक्सचेन्ज गर्दा रु. ५५०० सम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको छ।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह