Logo

बैंक / बिमा /शेयर

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष मनोहर दास मुलद्वारा शपथ ग्रहण


GDP नेपाल
   २ बैशाख २०८१, आइतबार


काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले शपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष मुलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका छन् ।

चैत्र २७ गते सम्पन्न कम्पनीको साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा मुललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

शपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह