Logo

मुख्य समाचार

यस्तो बन्दैछ दाउन्ने सडकः केही महिनाको दुःखपछि सरर..


gdpnepal
   २७ मंसिर २०८२, शुक्रबार


चितवन । पूर्व पश्चिम महेन्द्र राजमार्गको सबैभन्दा खराब सडकको उपमा पाएको दाउन्ने खण्डको समस्या अब भने स्थायी रुपमै समाधान हुने भएको छ ।

दाउन्ने भएर सकसपूर्ण यात्रा गर्नेले केही महिनाभित्रै सामान्य रुपमा यात्रा गर्न पाउने भएका छन् ।

नारायणघाट–बुटवल सडक योजनाका अनुसार यतिबेला दाउन्नेमा कंक्रिट पेभ्ड रोड (रिजिड पेभमेन्ट) को कार्य तिब्र गतिमा भै–रहको छ ।

जसका कारण अबको केही महिना दाउन्ने क्षेत्रको पनि केही खण्डमा दुःख भोग्नु परेता पनि माथि उल्लेखित एआई जेनेरेटेड तस्बिरमा देखिएजस्तै सडक निर्माण हुनेछ ।
सडक निर्मााण सम्पन्न पश्चात सबै कुरा सहज, सुरक्षित, प्रभावकारी र दिगो हुने आयोजनाको दावी छ ।

तर यसका निमित्त केही महिनासम्म यात्रु, ट्राफिक तथा अन्य सबैले सवारी व्यवस्थापनमा संयुक्त प्रयास गर्नुपर्ने देखिन्छ । कार्यालयले यसमा सबैको सहयोग अपेक्षा गरिएको जनाएको छ ।

 

प्रकाशित : २७ मंसिर २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह