Logo

बैंक / बिमा /शेयर

पाउण्ड र युरोको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति ?


GDP नेपाल
   ५ बैशाख २०८१, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसका दरले कारोबार भइरहेको छ । मंगलबार अमेरिकी डलर एकको १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसका दरले कारोबार भएको थियो । सोमबार भने डलरको खरिद मूल्य १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको थियो ।

त्यस्तै, यूरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको रहेको छ । मंगलबार यूरो एकको १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको पुगेकोमा सोमबार एक यूरोको विनिमय मूल्य १४१ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ३७ पैसा तोकिएको थियो ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा पुगेको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह