Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट


GDP नेपाल
   ५ बैशाख २०८१, बुधबार


काठमाडौँ। प्रभु बैंकका ग्राहकले काठमाडौँको कमलादीमा रहेको भ्यु टावरको उपल्लो तलामा रहेको स्काइवाकको टिकट खरिद गर्दा छुट पाउने भएका छन्।

हालै बैंक र स्काइवाकबीच सम्झौता भएसँगै बैंकका ग्राहकले स्काइवाकको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका हुन्।

समझदारी पत्रमा बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रालि स्काइवाकका कार्यकारी निर्देशक पदम प्रसाद नयौपानेबीच हस्ताक्षर भएको हो।

टिकट खरिद गर्दा छुट पाउन बैंकका ग्राहकहरुले डेबिट कार्ड वा क्रेडिट कार्ड पेस गर्न पर्नेछ। बैंकले ग्राहकहरुलाई अन्य छुट तथा सुविधा दिन देशका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर र डिपार्टमेन्टल स्टोरहरु लगायतका व्यापारिक इकाइहरुमा पनि सम्झौता गरेको जानकारी दिएको छ।

बैंकले नेपालभर ३ सय २ शाखा कार्यालय २८५ एटीएम र ७० एक्सटेन्सन मार्फत ३१ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

प्रकाशित : ५ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह