काठमाडौँ । सानिमा जीआइसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले ३ लाख ६४ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल, नागपोखरी, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । सेयरको मूल्य प्रतिकित्ता १८६ रुपैयाँ तोकिएको छ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया