Logo

मुख्य समाचार

नेक्सजेन म्यानेजमेन्टको ‘योंग इनोभेटर्स मिट’ सम्पन्न 


GDP नेपाल
   ९ बैशाख २०८१, आइतबार


काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न भएको छ । स्टार्ट अप व्यवसाय गरिरहेका र गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले नयाँ बानेश्वरस्थित आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार योंग इनोभेटर्स मिट कार्यक्रम आयोजना गरेको थियो । 

नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले कर्यक्रममा सहभागिहरूको स्वागत गर्दै देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन भएको बताए । उनले सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरू बिच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । यस्तै, आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम काठमाण्डौं लगायत देशका अन्य स्थानमा पनि निरन्तर आयोजना गर्ने भट्टराईले बताए ।  

कार्यक्रममा स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा. शम्भु पोखरेलले आर्थिक मन्दिको यस्तो प्रतिकुल अवस्थामा पनि नेक्सजेन म्यानेजमेन्टले प्रशंशनिय कार्य गरेको जनाउँदै कम्पनीप्रति आभार प्रकट गरे । स्टार्ट अप व्यवसाय गर्न चाहने युवालाई नेक्सजेन म्यानेजमेन्टको यस कार्यक्रमले अथाह सहयोग पुर्याउनेमा आफू विश्वस्त रहेको उनले बताए । 

सो अवसरमा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्ट अप व्यवसाय गर्न चाहनेलाई वित्तिय श्रोतको व्यवस्था गर्न सकिने जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट कृषि विकास बैंक र नेपाल बैंकका पुर्व कार्यकारी प्रमुख देवेन्द्र प्रताप शाहले युवाहरू अघि नबढि देश नबन्ने बताए । युवाहरूले नयाँनयाँ कामको सम्भावना खोजि गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्ता संस्थासँग सहकार्य गरि काम गर्दा सफल हुन सकिने उनले बताए । 

योंग इनोभेटर्स मिट कार्यक्रमको अध्यक्षता ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले गरेका थिए। उक्त कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्दै बज्राचार्यले बैंकहरूले जनताको निक्षेपबाट लगानी गर्नुपर्ने भएकोले सम्भावना भएको र कर्जा तिर्न सक्ने क्षमता भएको उद्योग व्यवसायमा मात्र लगानी गर्न सकिने बताए । अधिकांश स्टार्ट अप व्यवसाय सफल नभएको उदाहरण दिदै उनले नयाँ युवा उद्यमीलाई अध्ययन अनुसन्धान गरेर नयाँ प्रविधि र सोचका साथ टिम बनाएर मात्र काम गर्न आग्रह समेत गरे । साथै नेक्सजेन म्यानेजमेन्ट जस्तो अनुभवि र दक्ष संस्थामार्फत आउँदा बैंकहरूलाई लगानी गर्न सहज हुने जनाए । 

यस्तै, नेक्सजेनका संचालक सुरेश सापकोटाले सहभागीहरूलाई धन्यवाद व्क्त गर्दै युवाहरूलाई सम्भावनाका नयाँ क्षेत्रको पहिचान गर्दै काम गर्न आग्रह गरे । कार्यक्रममा स्टार्ट अप व्यवसायी, विभिन्न कलेजका मास्टर्स तहमा अध्ययनरत विद्यार्थीलगाएत  ७० जना भन्दा बढिको सहभागिता रहेको थियो । 

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह