Logo

बैंक / बिमा /शेयर

साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार, आजै बोलकबोल


GDP नेपाल
   १० बैशाख २०८१, सोमबार


काठमाडौं । सरकारले करिब साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो । यसमध्ये २० अर्ब ४९ करोडको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । वैशाख ११ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार वैशाख १० गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी जेठ ८ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ५ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी साउन ८ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी कात्तिक ६ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह