Logo

बैंक / बिमा /शेयर

सीइडीबी हाइड्रोपावरको लाभांश घोषणा, डाक्यो साधारण सभा


GDP नेपाल
   ११ बैशाख २०८१, मंगलबार


काठमाडौँ । सीइडीबी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

कम्पनीले लाभांश पारित गर्न वैशाख ३१ गते वार्षिक साधारण सभा डाकेको छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ ।

सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गर्नेछ । यसर्थ, वैशाख १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ११ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह