Logo

बैंक / बिमा /शेयर

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष मोरद्वारा शपथ ग्रहण


GDP नेपाल
   १२ बैशाख २०८१, बुधबार


काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष ऋषिराज मोरले शपथ ग्रहण गरेका छन् । मोरले आज नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित ऋषिराज मोरलाई संचालक समितिको बैठकले अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.को उपस्थिति रहेको थियो ।

प्रकाशित : १२ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह