Logo

बैंक / बिमा /शेयर

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीको रुपमा आइएमई सम्मानित


GDP नेपाल
   १४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने आइएमई लिमिटेड सम्मानित भएको छ ।

नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सवको अवसरमा रेमिटेन्स कम्पनी मध्ये सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमई लिमिटेड सम्मानित भएको हो ।

शुक्रबार बैंकको वार्षिकोत्सवको समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व,सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैकले उल्लेख गरेको छ ।

प्रशंसा पत्र ग्रहण गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकहरूलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधि सहितको रेमिटेन्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताएका छन् ।

राष्ट्र बैङ्कले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैङ्क तथा रेमिटेन्स कम्पनीहरूलाई सम्मानित गर्दै आएको छ ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह