Logo

बैंक / बिमा /शेयर

आइएमई लाइफको नाफा ७५.७९ प्रतिशतले बढ्यो


GDP नेपाल
   १७ बैशाख २०८१, सोमबार


काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ७५.७९ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसमम कम्पीको लगानीबाट हुने आम्दानी ९६ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा कम्पीको लगानीबाट हुने आम्दानी ६७.६७ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले ५७ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको रिटेन्ड अर्निङमा ८५ करोड ९२ लाख रहेको छ । सेयर प्रिमियममा १ अर्ब ५२ करोड रुपैयाँ छ । जीवन बिमा कोषको आकार ८ अर्ब ९० करोडको छ । 

खुद बिमा शुल्क संकलन ३ अर्ब ११ करोड पुगेको छ । यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १७७ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रकाशित : १७ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह