Logo

बैंक / बिमा /शेयर

नेपाल पुनर्बिमा कम्पनीको ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला


GDP नेपाल
   १८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ ।

कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी वा अन्य संघसस्थाले वैशाख २६ गतेसम्म बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १८ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह