Logo

कर्पोरेट-बजार

फिन र कास्मेबीच नेपालको निर्यात प्रवर्द्धन गर्ने सम्बन्धी समझदारी


GDP नेपाल
   २१ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपालको निर्यात व्यवसायी महासंघ (फिन) र चाइना एसोसिएसन फर स्मल एन्ड मिडियम कमर्सियल इन्टरप्राइजेज (कास्मे)बीच नेपालको निर्यातलाई प्रवर्धन गर्नेसम्बन्धी समझदारी भएको छ ।

बिहीबार फिनका तर्फबाट अध्यक्ष शंकरप्रसाद पाण्डे र कास्मेको तर्फबाट उपाध्यक्ष शाङ श्विईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार कास्मेले संयुक्त अभियान र ‘बीटूबी’ बैठकहरूको आयोजना गरेर चीनमा नेपाली निर्यातयोग्य उत्पादनहरूको प्रवर्धन गर्न सहजीकरण गर्नेछ ।

यसैगरी नेपालबाट चीनमा हुने निर्यातयोग्य उत्पादनहरूको प्रवर्धनका लागि संयुक्त अन्तर्राष्ट्रिय व्यापार मेलाहरू आयोजना गर्ने समझदारी भएको छ । चिनियाँ उत्पादनको प्रवर्धनका लागि पनि प्रदर्शनी मेलाहरू आयोजना गरिनेछ ।

दुवै निकायबीच सूचना आदानप्रदान र क्षमता अभिवृद्धिका कार्यक्रम गर्ने पनि समझदारी भएको छ । कास्मेले आफ्ना अनलाइन प्लेटफर्महरूबाट नेपाली उत्पादनहरू प्रवर्धन गर्न पनि सघाउनेछ ।

मेसिनरी र उपकरणहरूको सन्दर्भमा अनुसन्धानमा आधारित नयाँ विकासहरूबारे आदानप्रदान गर्ने समझदारी भएको छ ।समझदारी अनुसार फिनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि उपयुक्त क्षेत्र र सम्भावित साझेदारहरू खोज्न सहयोग गर्नेछ । कास्मेले विदेशी लगानी भित्र्याउन सहोग गर्नेछ ।

कास्मेले नेपालमा नेपाल–चीन राष्ट्रिय औद्योगिक पार्क विकास गर्न सहयोग गर्ने पनि समझदारी भएको छ । फिनले सम्बन्धित निकायसँग सहकार्य गरेर पार्कको विकास गर्न सहयोग गर्नेछ ।दुवै संस्थाले नेपाल र चीनमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्न सहयोग गर्ने समझदारी पनि भएको छ ।

प्रकाशित : २१ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह