Logo

अर्थनीति

पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण: सुनिल पौडेललाई ९ वर्ष कैद, मरासिनीलाई सफाइ


GDP नेपाल
   २६ बैशाख २०८१, बुधबार


काठमाडौं । नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ ।

मंगलबार विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलास शर्माले ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ हजार जरिवाना असुल गर्ने फैसला सुनाएका हुन् ।

पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा गत बैशाख ७ गते नै दोषि ठहरिएका पौडेललाई मंगलबार जरिवाना सुनाइएको हो ।

पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । यस प्रकरणमा नेपाल सरकारका सचिव मधुकुमार मरासिनीले भने सफाइ पाइसकेका छन् ।

पौडेलसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

पौडेलले प्रमाण नष्ट गर्न सक्ने ठहरसित त्यसबेलै उनलाई अदालतले थुनामा पठाएको थियो । उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।

प्रकाशित : २६ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह