Logo

कर्पोरेट-बजार

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ४० प्रतिशतले बढ्यो


GDP नेपाल
   २७ बैशाख २०८१, बिहिबार


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले सो अवधिमा ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीेको नाफा ४० प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ७१ लाख नाफा आर्जन गरेको थियो ।

५ अर्ब ७७ करोड रुपैयाँ रहेको आम्दानी अहिले बढेर ९ अर्ब ४५ करोड पुगेको छ । यसको अन्य आम्दानी २ करोड ६० लाखबाट बढेर २ करोड ७३ लाख पुगेको छ । साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ३९ करोड रुपैयाँ जम्मा छ ।

यसअवधिसम्म आइपुग्दा कर्पोरेसनको प्रतिसेयर आम्दानी ९वार्षिक० २१ रुपैयाँ ६० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २८९ रुपैयाँ ५५ पैसा रहेको छ ।

प्रकाशित : २७ बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह