Logo

विकास / पूर्वाधार

केरुङ्ग खोला पुल निर्माण सम्पन्न


GDP नेपाल
   २८ बैशाख २०८१, शुक्रबार


चितवन । माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन भएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका वडा नम्बर २४ केरुङ्ग खोलामा बनेको पुल उद्घाटन गरेका हुन् ।

प्रदेश सरकारको रु ७ करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाई र फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा रहेको छ । वि.सं. २०७९ साल चैत १९ गते सम्झौता भई निर्माण सुरु भएको पुल म्याद सकिन भन्दा ६ महिना अगाडि निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पूर्वाधार मन्त्री दुलालले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी विकास निर्माणमा प्रदेश सरकार लागि परेको बताए । जनतालाई विकास दिन प्रदेश सरकार तत्पर रहेको उनको भनाई छ । यस्तै, बजेट अभावका कारण प्रदेश सरकारले जनताको अपेक्षाअनुसार योजनाहरु बढाउन नसकेकोे मन्त्री दुलाले बताए ।

पुलले भरतपुर २३ र २४ नम्बरलाई जोडेको छ । कार्यक्रममा निर्धारित मितिभन्दा अगाडि नै पुल निर्माण सम्पन्न गरेकोमा निर्माण कम्पनी केबिसी बिल्डर्सलिमिटेडका प्रमुख कुमार आचार्यलाई सम्मान गरिएको छ ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह