काठमाडौँ । लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ७५ लाख ८८ हजार ३९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय हात्तीसार, काठमाडौंमा लिखित आवेदन दिन सक्नेछन् ।
तोकिएको समयावधी भित्र विद्यमान संस्थापकहरूबाट सेयर खरिद गर्न निवेदन नआएमा अन्य बैंक तथा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया