काठमाडौं । चितवनको भरतपुरस्थित स्मल हेभन स्कुलको बसमा अज्ञात समूहले आगजनी गरेको छ ।
आइतबार बिहान सो समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ । यद्यपि, आगलागी गर्नेहरु पक्राउ परेका छैनन् । आगलागीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ ।
स्मल हेभन स्कुल कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठको हो । २०७९ मंसिरमा भएको संसदीय निर्वाचनमा श्रेष्ठ हालका गृहमन्त्री रवि लामिछानेसँगै चुनाव लडेका थिए ।
आइतबार बिहान सवा ८ बजेतिर विद्यार्थी बोक्न हिँडेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २० मा रोकेर आगजनी गरिएको जनाइएको छ । करिब ६ जनाको समूहले चालक र सहचालकलाई गाडीबाट निकालेर आगजनी गरेका थिए ।
प्रतिक्रिया