Logo

अर्थनीति

नेपाल टेलिकमको नाफा ५ अर्ब ५९ करोड


GDP नेपाल
   ३१ बैशाख २०८१, सोमबार


काठमाडौँ । चालू वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमले ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ३.३६ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिसम्म कम्पनीले ५ अर्ब ४१ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको कम्पनीको अहिले घने घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी, वित्तीय आम्दानी पनि ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने १६ करोड ११ लाखबाट बढेर ५३ करोड पुगेको छ । यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष ४० रुपैयाँ ९ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५१२ रुपैयाँ ९९ पैसा रहेको छ ।

 

 

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह