काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले जेठ ७ गतेसम्म मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्ने छन् । सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको छ ।
सेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १५ हजार कित्ता सेयरको लागि आवेदन दिनु पर्नेछ । सो भन्दा बढी सेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले १० अंकको गुणाङ्कमा अधिकतम १ लाख २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
प्रतिक्रिया