Logo

अर्थनीति

वैशाखमा १०६९.५१ प्रतिशतले बढ्यो एफडीआई, अटोमेटिक रुटबाटै २ अर्ब १५ करोड !


gdpnepal
   १ जेष्ठ २०८१, मंगलबार


काठमाडौं । चालू आर्थिक वर्षको वैशाखमा ११ अर्ब २८ करोड ५७ लाख रुपैयाँ लगानी प्रतिवद्धतासहित ३८ परियोजना स्वीकृत भएका छन् ।

अघिल्लो महिना चैतको तुलनामा यो प्रतिवद्धता १०६९.५१ प्रतिशतले बढी हो ।

सरकारले लगानी सम्मेलन आयोजना गरेको यस महिनामा विदेशी लगानीका क्षेत्रमा उत्साहजक अवस्था देखिएको हो ।

उद्योग विभागका अनुसार वैशाखमा प्राप्त लगानी प्रतिवद्धता चालू आवकै सर्वाधिक समेत हो ।

आर्थिक वर्षको दशौं महिना वैशाखमा ३७ साना र एक ठूला परियोजना स्वीकृत भएका छन् ।

वैशाखसम्म वैदेशिक लगानी प्रतिवद्धता ४१ अर्ब २ करोड २ लाख २६ हजार रुपैयाँ पुगेको छ भने उद्योग दर्ता संख्या ३०७ पुगेको छ ।

यता, वैशाखबाटै कार्यान्वयनमा आएको अटोमेटिक रुट अर्थात स्वालित प्रणालीमार्फत एकै महिनामा २ अर्ब १५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ यस प्रणालीमार्फत कूल २१ परियोजना स्वीकृत भएका थिए ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह