काठमाडौं । सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५० हजार ८०१ कित्ता सेयर बिक्री खुला गरेको हो ।
यसमा सूर्योदय वोमीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया