Logo

बैंक / बिमा /शेयर

चिरायु भण्डारीको अध्यक्षतामा नेपाल लघु बीमक संघ गठन


GDP नेपाल
   ७ जेष्ठ २०८१, सोमबार


काठमाडौं । हालै सञ्चालनमा आएका लघु बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले नेपाल लघु बीमक संघ गठन गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी अध्यक्षतामा लघु बीमक संघ गठन गरेका हुन् ।

भण्डारीका अनुसार जेठ ३ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा विधिवत रुपमा लघु बीमकको संगठन दर्ता भएको हो । भण्डारीको अध्यक्षतामा स्टार माइक्रो इन्स्योरेन्सका सीईओ विश्वराम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेशकुमार रोका सचिव र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ रामकुमार यादव कोषाध्यक्ष रहेका छन् ।

कार्यसमिति सदस्यमा ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सीईओ उज्जल ढुंगाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सीईओ मृगेन्द्रनाथ रिमाल र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ प्रतापमान श्रेष्ठ रहेका छन् ।

देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी संघ संस्थाहरूसँग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउँदै लैजाने अध्यक्ष भण्डारीले बताए । उनका अनुसार न्यून आय भएका वर्ग तथा दूरदराजका नागरिकहरूमा बीमाको पहुँच विस्तारको लागि नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरूसँग सहकार्य र समन्वय गरी समावेसी बीमाको अवधारणालाइ मूर्तरूप दिन काम गरिरहेका छन् ।

पहुँच बाहिर रहेका वर्ग समुदायलाइ बीमाको दायरामा समेटी आर्थिक भविष्यलाइ सुनिश्चित गर्ने, लघु बीमा सेवाको विकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरू संचालन गर्ने उद्देश्य संघको रहेको अध्यक्ष भण्डारीको भनाइ छ ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह