Logo

बैंक / बिमा /शेयर

बैंक तथा वित्तीय संस्थालाई सुरक्षाको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह


GDP नेपाल
   ७ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तिय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले पछिल्लो समय लघुवित्त संस्था र कर्मचारीमाथि भइरहेको भौतिक आक्रमण लगाएत तोडफोडका घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।

आज एक संयुक्त विज्ञप्ति जारी गर्दै संघले विगत केही समय यता केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरु धम्क्याउने र काममा अवरोध पुऱ्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको बताएको हो ।

संघका अनुसार पछिल्ला दिनहरुमा यस्ता क्रियाकलाप झन् बढ्दै गएको र विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई सो समूहले थप लक्षित गरेको छ ।

“पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा केही अप्रिय घटनाहरु भएका छन् । कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, तर्साउने, धम्क्याउने, कार्यालय तोडफोड गर्ने लगायतका निन्दनीय कार्यहरु भएको छ । आफ्ना ग्राहकहरुलाई सेवा दिन अहोरात्र खटिएका कर्मचारीहरु माथि गरिएको यस प्रकारको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । करोडौं व्यक्तिहरुको श्रम र पसिनाले आर्जित निक्षेपलाई सुरक्षाको जिम्मेवारी लिएर सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना निहित स्वार्थ पूर्तिका लागि नियोजित रुपमा आक्रमण गर्ने त्यस्ता व्यक्ति तथा समूहहरुको अराजक क्रियाकलापको हामी भर्त्सना गर्दछौं ।” विज्ञप्तिमा भनिएको छ ।

यस्तै, संघले यस प्रकारका अवाञ्छित गतिविधिहरुलाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइ दिन र आवश्यक सुरक्षाको व्यवस्था मिलाइ दिन सरकारसँग आग्रह समेत गरेको छ ।

संघले व्यवसायिक सहजीकरणका लागि नेपाल राष्ट्र बैंक तथा आवश्यक सहयोग र सुरक्षा प्रदान गरिदिन स्थानिय सरकार तथा सम्बन्धित अन्य निकायहरुलाई समेत अनुरोध गरेको छ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह